काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्केका छन्।
देउवालाई भेट्न उनकै निवासमा मंगलबार प्रचण्ड पुगेका थिए। राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गरेपछि प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्।
देउवा र प्रचण्डबीच भेटवार्ता भर्खरै सकिएको स्रोतले जानकारी दियो। उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको थियो। देउवाले आजै पार्टी पदाधिकारी बैठक पनि राखेका छन्। अपरान्ह ३ बजे देउवाले पदाधिकारी बैठक राखेका हुन्।
पदाधिकारी बैठक गरेर पार्टीमा छलफल गरेपछि नयाँ सरकार गठन गर्नेबारे अन्य दलका नेतासँग छलफल गर्ने देउवाको तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका थिए। नेपाल रैवारबाट साभार ।