दार्चुलामा वडा कार्यालयहरुको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न
दार्चुला । दार्चुलामा स्थानीय तहका वडा कार्यालयहरुको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाभरीका वडा कार्यालयहरुका वडा अध्यक्ष तथा वडा सचिवहरुले वडा कार्यालयहरुको सेवा प्रवाह, शुसाशन, नागरिकता सिफारिस, सुरक्षा अवस्था, राहधानी तथा राष्ट्रिय परिचयपत्रको अवस्थाबारे जानकारी गराएका छन् । त्यस्तै कार्यक्रममा सहभागीहरुलाई वडा कार्यालयबाट सञ्चालन हुने सेवाहरुलाई जनमैत्री बनाउन, सेवा तथा विकास व्यवस्थपन दरिलो रुपमा प्रवाह गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको …
मालिकार्जुनमा प्रथम आध्यात्मिक सम्मेलन तथा योग प्रशिक्षण शिविर सुरु (फोटोफिचर)
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा प्रथम मालिकार्जुन आध्यात्मिक सम्मेलन तथा आवाशिय योग प्रशिक्षण शिविर सुरु भएको छ । मालिकार्जुन गाउँपालिकाको प्रयास, धार्मिक पर्यटन क्षेत्रको विकास भन्ने नाराका साथ मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री शैल्य मालिकार्जुन धाम मडमा प्रथम आध्यात्मिक सम्मेलन तथा आवासीय योग प्रशिक्षण शिविरको उद्वघाटन गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आयोजना, पतन्जली योग समिति दार्चुलाको सहजिकरणमा पुर्जी साधवी डाक्टर देवविजयले जेठ १२ गते सम्म साताव्यापी योग अभ्यास गराउने मालिकार्जुन गाउँपालिकाका बरिष्ठ बैद्य दिवाकर जोशीले बताउनुभयो । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षता …
बलात्कार मुद्दाको अभियोग लागेका क्रिकेटर लामिछानेले पाए उच्च अदालत, पाटनबाट सफाइ
दार्चुला । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको उच्च अदालत, पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाडौंले २०८० पुस, १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
cp online khaber