मालिकार्जुनमा प्रथम आध्यात्मिक सम्मेलन तथा योग प्रशिक्षण शिविर सुरु (फोटोफिचर)
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा प्रथम मालिकार्जुन आध्यात्मिक सम्मेलन तथा आवाशिय योग प्रशिक्षण शिविर सुरु भएको छ । मालिकार्जुन गाउँपालिकाको प्रयास, धार्मिक पर्यटन क्षेत्रको विकास भन्ने नाराका साथ मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री शैल्य मालिकार्जुन धाम मडमा प्रथम आध्यात्मिक सम्मेलन तथा आवासीय योग प्रशिक्षण शिविरको उद्वघाटन गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आयोजना, पतन्जली योग समिति दार्चुलाको सहजिकरणमा पुर्जी साधवी डाक्टर देवविजयले जेठ १२ गते सम्म साताव्यापी योग अभ्यास गराउने मालिकार्जुन गाउँपालिकाका बरिष्ठ बैद्य दिवाकर जोशीले बताउनुभयो । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षता …
बलात्कार मुद्दाको अभियोग लागेका क्रिकेटर लामिछानेले पाए उच्च अदालत, पाटनबाट सफाइ
दार्चुला । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको उच्च अदालत, पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाडौंले २०८० पुस, १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
cp online khaber