दार्चुलाका किसान बर्खे खेतीमा ब्यस्त, विभिन्न फाँटहरुमा धान रोपाई सुरु
दार्चुला । दार्चुला विभिन्न फाँटहरुमा धान रोपाई सुरु भएको छ ।
जेठ महिनाको तेस्रो साताबाटै सिचाई सुविधा भएका क्षेत्रमा धान रोपाई सुरु भएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । धान रोपाइँका लागि असार महिना नै उपयुक्त मानिने भएपनी सिचाई सुविधा भएका ठाउँहरुमा रोपाई सुरु भएको कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार मार्मा र लेकम क्षेत्रमा धान रोपाई सुरु भएको तथा अन्य क्षेत्रमा पनी रोपाईको लागि तयारी भइरहेको बताइएको छ ।
जिल्लाका विभिन्न फाँटहरुमा बर्षमा तीन वटा खेति गरिने भएकाले किसानहरु धान रोपाईमा व्यस्त रहेको उहाँले बताउनुभयो । …
दार्चुलामा नदी तथा खोलामा बगेर पछिल्लो ३ वर्षमा १० जना बेपत्ता, ४ जनाको मृत्यु
दार्चुला । दार्चुलामा पछिल्लो ३ वर्षमा नदि तथा खोलामा बगेर १० जना बेपत्ता र ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९।८० देखि चालु आर्थिक बर्ष २०८१।८२ को हाल सम्म जिल्लाका ९ वटै स्थानीय तहमा नदिमा बगेर १० जना बेपत्ता भएका छन्, भने ४ जनाको मृत्यु भएको छ।
आर्थिक बर्ष २०७९।८० मा जिल्लाको महाकाली नगरपालिकामा बगेर १ जनाको मृत्यु भएको थियो, भने १ जना बेपत्ता भएका थिए । त्यस्तै शैल्यशिखर नगरपालिकामा पनि १ जनाको मृत्यु र १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी …
दार्चुलामा वडा कार्यालयहरुको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न
दार्चुला । दार्चुलामा स्थानीय तहका वडा कार्यालयहरुको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाभरीका वडा कार्यालयहरुका वडा अध्यक्ष तथा वडा सचिवहरुले वडा कार्यालयहरुको सेवा प्रवाह, शुसाशन, नागरिकता सिफारिस, सुरक्षा अवस्था, राहधानी तथा राष्ट्रिय परिचयपत्रको अवस्थाबारे जानकारी गराएका छन् । त्यस्तै कार्यक्रममा सहभागीहरुलाई वडा कार्यालयबाट सञ्चालन हुने सेवाहरुलाई जनमैत्री बनाउन, सेवा तथा विकास व्यवस्थपन दरिलो रुपमा प्रवाह गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको …
मालिकार्जुनमा प्रथम आध्यात्मिक सम्मेलन तथा योग प्रशिक्षण शिविर सुरु (फोटोफिचर)
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा प्रथम मालिकार्जुन आध्यात्मिक सम्मेलन तथा आवाशिय योग प्रशिक्षण शिविर सुरु भएको छ । मालिकार्जुन गाउँपालिकाको प्रयास, धार्मिक पर्यटन क्षेत्रको विकास भन्ने नाराका साथ मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री शैल्य मालिकार्जुन धाम मडमा प्रथम आध्यात्मिक सम्मेलन तथा आवासीय योग प्रशिक्षण शिविरको उद्वघाटन गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आयोजना, पतन्जली योग समिति दार्चुलाको सहजिकरणमा पुर्जी साधवी डाक्टर देवविजयले जेठ १२ गते सम्म साताव्यापी योग अभ्यास गराउने मालिकार्जुन गाउँपालिकाका बरिष्ठ बैद्य दिवाकर जोशीले बताउनुभयो । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षता …
बलात्कार मुद्दाको अभियोग लागेका क्रिकेटर लामिछानेले पाए उच्च अदालत, पाटनबाट सफाइ
दार्चुला । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको उच्च अदालत, पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाडौंले २०८० पुस, १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
cp online khaber
दार्चुलामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियो हेर्नुहोस)
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरिछानामा शिवलिंग आकृति अर्थात ज्वोर्तिलिंग (शिवलिंग) र प्राकृतिक कलाकृतिहरु देखापरेका छन् । ऐरिछानाको सडक छेउमा शिवलिंग अर्थात यस्ता आकृतिहरु देखा परेका हुन् ।
हिन्दू धर्ममा पुराणहरूका अनुसार शिवजी जहां–जहां स्वयं प्रकट भए उक्त बाह्र स्थानमा अवस्थित शिवलिंगलाई ज्योतिर्लिङ्गको रूपमा पूजा गरिन्छ । दार्चुलामै जोर्तिलिंग अर्थात मल्लिकार्जुन देवताको बासस्थान रहेको छ । तर शिवलिंग जस्तै आकृतिहरु विभिन्न अर्थ धार्मीक स्थलहरुमा समेत भेटिने गरेका छन् ।
दार्चुलाको लेकम क्षेत्रलाई देवभूमिको रुपमा समेत बर्णन गर्ने गरिन्छ । यहाँका ढुगां माटोमा देवताको बास रहेको जनविश्वास रहेको पाइन्छ ।
भिडियो …
बैतडीमा जिप र मोटरसाइकल आपसमा जुध्दा कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत चन्द गम्भीर घाइते
दार्चुला । बैतडीको पाटन नगरपालिका ६ स्थित हिरापुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाएको छ ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल भीरमा खसेको छ । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते भएको बताईएको छ
उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार …
पर्वतमा खोलाले जीप बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला
दार्चुला। पर्वतको तमादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका(९ का ३४ वर्षका गोपालप्रसाद बस्यालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।
बेपत्ता भएकामध्ये एक जना पोखरा नाउडाँडाका विजय भनिने माधव पौडेल रहेका र अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर एवम् सूचना अधिकारी केशव केसीले जानकारी दिनुभयो । उनीहरुको खोजी भैरहेको छ ।
कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा हिजो बेलुका एक्कासी आएको बाढीले ग १ ज ६२१३ नम्बरको जीप बगाएको थियो । बगाएको जीपका …
आन्दोलनरत डाक्टर र सरकारबिच सहमति,नियमित सेवा सञ्चालन
दार्चुला । सरकार र आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएपछि आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । डाक्टर र स्वास्थ्यकर्मी काममा फर्किएको बताईएको छ ।
शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी पोखराको मणिपाललगायत स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने, त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाउने, डाक्टर तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट …
तनहुँको बन्दिपुर गाउँपालिको बैठक गुफाभित्र सम्पन्न
दार्चुला । तनहुँको बन्दिपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ । विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दिपुर–४ को सिद्धगुफाभित्र कार्यपालिका बैठक बसालीएको बताईएको छ ।
सिद्धगुफाको प्रचारप्रसार र पर्यटन दिवसका अवसर पारेर गुफाभित्रै बैठक बसेर विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठकले आउँदो माघ १९ गते सिद्धगुफा महोत्सव आयोजना गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।
पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा रहेको सिद्धगुफा समुद्री सतहबाट छ सय मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ । विसं २०४४ साल चैत १३ गते …