बलात्कार मुद्दाको अभियोग लागेका क्रिकेटर लामिछानेले पाए उच्च अदालत, पाटनबाट सफाइ
दार्चुला । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको उच्च अदालत, पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाडौंले २०८० पुस, १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
cp online khaber
दार्चुलामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियो हेर्नुहोस)
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरिछानामा शिवलिंग आकृति अर्थात ज्वोर्तिलिंग (शिवलिंग) र प्राकृतिक कलाकृतिहरु देखापरेका छन् । ऐरिछानाको सडक छेउमा शिवलिंग अर्थात यस्ता आकृतिहरु देखा परेका हुन् ।
हिन्दू धर्ममा पुराणहरूका अनुसार शिवजी जहां–जहां स्वयं प्रकट भए उक्त बाह्र स्थानमा अवस्थित शिवलिंगलाई ज्योतिर्लिङ्गको रूपमा पूजा गरिन्छ । दार्चुलामै जोर्तिलिंग अर्थात मल्लिकार्जुन देवताको बासस्थान रहेको छ । तर शिवलिंग जस्तै आकृतिहरु विभिन्न अर्थ धार्मीक स्थलहरुमा समेत भेटिने गरेका छन् ।
दार्चुलाको लेकम क्षेत्रलाई देवभूमिको रुपमा समेत बर्णन गर्ने गरिन्छ । यहाँका ढुगां माटोमा देवताको बास रहेको जनविश्वास रहेको पाइन्छ ।
भिडियो …
बैतडीमा जिप र मोटरसाइकल आपसमा जुध्दा कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत चन्द गम्भीर घाइते
दार्चुला । बैतडीको पाटन नगरपालिका ६ स्थित हिरापुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाएको छ ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल भीरमा खसेको छ । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते भएको बताईएको छ
उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार …
पर्वतमा खोलाले जीप बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला
दार्चुला। पर्वतको तमादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका(९ का ३४ वर्षका गोपालप्रसाद बस्यालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।
बेपत्ता भएकामध्ये एक जना पोखरा नाउडाँडाका विजय भनिने माधव पौडेल रहेका र अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर एवम् सूचना अधिकारी केशव केसीले जानकारी दिनुभयो । उनीहरुको खोजी भैरहेको छ ।
कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा हिजो बेलुका एक्कासी आएको बाढीले ग १ ज ६२१३ नम्बरको जीप बगाएको थियो । बगाएको जीपका …
नौगाडमा लटरम्म फलेको स्याउमा बदेलको आतंक
दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–१ का विभिन्न बस्तीमा लटरम्म फलेको स्याउमा जंगली बदेलले नोक्सानी गरिरहेको छ । नौगाड गाउँपालिका–१ मानाकोट र जात्रामा उत्पादन हुँदै गरेको स्याउ जंगली बदेलले सखाप पारेको व्यावसायिक कृषक धनसिह डडालले बताउनुभयो ।
दार्चुलाको नौगाड गाउँपालिका–१ मा रेड डेलिसियस, गाला, फुजी लगायत विभिन्न जातका स्याउ उत्पादन भइरहेका छन् । कृषकहरुले व्यक्तिगत र सामुहिकरुपमा व्यावसायीक स्याउ उत्पादन गरिरहेका छन् । बिरुवा लगाएको तीन वर्षमै स्याउ उत्पादन सुरु भएपछि कृषकहरु स्याउखेतीतर्फ उत्साहित भएको बेला बदेलले आतंक गरिरहेको अर्का कृषक उजलसिंह डडालले बताउनुभयो । भदौ दोश्रो हप्ता देखि स्याउ टिप्न सुरु …
खलंगाबाट सञ्चालनमा आयो सीमा प्रशासन कार्यालय, छाङरुबाट बैशाखपछि सेवा दिइने
दार्चुला । व्यास गाउँपालिका–१ छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा दार्चुला सदरमुकाम खलंगास्थित तिङ्करखेडाबाट सुरु गरिएको छ । व्यास क्षेत्रका जनतालाई सेवा दिने उद्धेश्यले २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा विगत छ बर्षदेखि कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सेवा प्रवाह भइरहेको थियो । व्याँसी सौँका समुदायले कुञ्चा सरेपछि बैशाखदेखि छाङरुस्थित कार्यालयबाट समेत सेवा दिने गरेर अहिले खलंगाबाटै सीमा प्रशासन कार्यालयको काम भइरहेको कार्यालय प्रमुख एबं शाखा अधिकृत मोहनसिंह धामीले जानकारी दिनुभयो ।
खलंगास्थित कार्यालयमा छ जना कर्मचारी कार्यरत छन् । एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, एक जना खरिदार, …
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
दार्चुला । वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।
आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।
सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ ।
सो …
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपाललाई
दार्चुला । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले …
श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
दार्चुला । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएका बीबीसीले जनाएको छ ।
मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् ।
श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । विदेशी मुद्राको अभावले इन्धन आयातको भुक्तानी गर्न नसक्दा यसको असर परेको छ । कम्तीमा १२ घण्टा लोडसेडिङसँगै …
राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी
दार्चुला। सरकारले एसिडसम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।