
दार्चुला । दार्चुला विभिन्न फाँटहरुमा धान रोपाई सुरु भएको छ ।
जेठ महिनाको तेस्रो साताबाटै सिचाई सुविधा भएका क्षेत्रमा धान रोपाई सुरु भएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । धान रोपाइँका लागि असार महिना नै उपयुक्त मानिने भएपनी सिचाई सुविधा भएका ठाउँहरुमा रोपाई सुरु भएको कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार मार्मा र लेकम क्षेत्रमा धान रोपाई सुरु भएको तथा अन्य क्षेत्रमा पनी रोपाईको लागि तयारी भइरहेको बताइएको छ ।
जिल्लाका विभिन्न फाँटहरुमा बर्षमा तीन वटा खेति गरिने भएकाले किसानहरु धान रोपाईमा व्यस्त रहेको उहाँले बताउनुभयो । धान खेतिबाट प्रयाप्त आम्दानी नहुने भएकाले दार्चुलामा पछिल्लो समय धान खेतीतर्फ कृषकहरुको आकर्षण भने घट्दै गएको छ । दार्चुलामा गत वर्ष ४ हजार ४ सय १२ हेक्टर जमिनमा धान खेती गरिएकोमा १२ हजार ५ सय ५८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र दार्चुलाको तथ्याकले देखाएको छ ।
त्यस्तैै गत वर्षको तुलनामा दार्चुलामा यस वर्ष गहुँ उत्पादनमा केहि वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र, दार्चुलाका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको हो । यस वर्ष पाँच हजार ९५५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा ११ हजार ४१५ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।
गत वर्षको तुलनामा यसवर्ष ६५ मेट्रिक टन गहुँको उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । रोपाई नलाग्ने क्षेत्रका किसानहरु मर्कै स्याहार ९गोडमेल० मा ब्यस्त रहेका छन् ।