दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका घर भइ इन्द्रेणी कार्यक्रममा कार्यरत बाल कलाकार मिलन टमटा ५० हजार नगद सहित सम्मानित हुनुभएको छ । महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको सृजनशील बाल प्रतिभा पुरस्कारबाट सोमबार सिहदरवारमा भएको कार्यक्रममा इन्द्रेणीका टमटासहित तीन बाल गायक गायीकालाई एक साथ सम्मानित गरिएको हो ।

महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालयले बिभिन्न बिधाहरुमा प्रथम पटक सृजनशील बाल प्रतिभा पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेहरुमा बिज्ञान बिधामा प्रदेश नं. १ बाट आकृती ओझा, गायन बिधामा बागमती प्रदेशबाट कमला घिमिरे, शुदूरपश्चिम प्रदेशबाट दार्चुला घर भएका मिलन टमटा, लुम्बिनि प्रदेशबाट जिया भुषाल, समाज सेवा बिधामा गण्डकी प्रदेशबाट प्रिन्सा रेग्मी र छाउपडिको बिधामा प्रदेश नं. २ बाट नेहा स्वाहलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठको हातबाट प्रति ब्यक्ती रु ५० हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको छ ।

मन्त्रालयकी सचिव यम कुमारी खतिवडाले कार्यक्रममा बोल्दै सृजनशील बाल प्रतिभा पुरस्कारको उदेश्य प्रतिभावान बालबालीकाको क्षमता बृद्धिको निमित्त प्रथम पटक उक्त पुरस्कार प्रदान गरिएको बताउनुभयो । उज्यालो नेपाल समृद्धिका लागी साँकृतिक अभियानका साथ अघि बढेको लोकप्रिय कार्यक्रम इन्द्रेणीले पुराना सर्जकको सम्मान र नँया प्रतिभाको खोजिमा अघि बढेको छ । बाल प्रतिभा टमटाले पुरस्कृत भएसंगै उहाँको परिवारमा खुसीयाली छाएको छ ।