मालिकार्जुनमा प्रथम आध्यात्मिक सम्मेलन तथा योग प्रशिक्षण शिविर सुरु (फोटोफिचर)
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा प्रथम मालिकार्जुन आध्यात्मिक सम्मेलन तथा आवाशिय योग प्रशिक्षण शिविर सुरु भएको छ । मालिकार्जुन गाउँपालिकाको प्रयास, धार्मिक पर्यटन क्षेत्रको विकास भन्ने नाराका साथ मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री शैल्य मालिकार्जुन धाम मडमा प्रथम आध्यात्मिक सम्मेलन तथा आवासीय योग प्रशिक्षण शिविरको उद्वघाटन गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आयोजना, पतन्जली योग समिति दार्चुलाको सहजिकरणमा पुर्जी साधवी डाक्टर देवविजयले जेठ १२ गते सम्म साताव्यापी योग अभ्यास गराउने मालिकार्जुन गाउँपालिकाका बरिष्ठ बैद्य दिवाकर जोशीले बताउनुभयो । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षता …
बलात्कार मुद्दाको अभियोग लागेका क्रिकेटर लामिछानेले पाए उच्च अदालत, पाटनबाट सफाइ
दार्चुला । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको उच्च अदालत, पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाडौंले २०८० पुस, १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
cp online khaber
यार्सा संकलन गर्न अभिभावकसंगै विद्यार्थी लेकतिर लागेपछि अपिहिमालका विद्यालय बन्द
दार्चुला । दार्चुलाको हिमाली पाटनहरुमा यार्सागुम्बा संकलन कार्य सुरु भएको छ । अपिहिमाल गाउँपालिकाका धेरैजसो विद्यालयका अभिभावकसंगै विद्यार्थी यार्सागुम्बा खोज्न लेकतिर लागेपछि पठनपाठन बन्द भएको छ । विद्यालय सञ्चालन गरे पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान हुने गरी विद्यालय बन्द गरिएको अपिहिमाल गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक मदनराज जोशीले बताउनुभयो ।
विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने गरेको भए पनि यो वर्षदेखि यार्सागुम्बा संकलनका बेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएको छ । यार्सागुम्बा पाइने समयमा मात्रै विद्यालय बन्द गर्ने गरी विद्यालयहरुले आफुअनुकुल निर्णय …
दार्चुलामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियो हेर्नुहोस)
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरिछानामा शिवलिंग आकृति अर्थात ज्वोर्तिलिंग (शिवलिंग) र प्राकृतिक कलाकृतिहरु देखापरेका छन् । ऐरिछानाको सडक छेउमा शिवलिंग अर्थात यस्ता आकृतिहरु देखा परेका हुन् ।
हिन्दू धर्ममा पुराणहरूका अनुसार शिवजी जहां–जहां स्वयं प्रकट भए उक्त बाह्र स्थानमा अवस्थित शिवलिंगलाई ज्योतिर्लिङ्गको रूपमा पूजा गरिन्छ । दार्चुलामै जोर्तिलिंग अर्थात मल्लिकार्जुन देवताको बासस्थान रहेको छ । तर शिवलिंग जस्तै आकृतिहरु विभिन्न अर्थ धार्मीक स्थलहरुमा समेत भेटिने गरेका छन् ।
दार्चुलाको लेकम क्षेत्रलाई देवभूमिको रुपमा समेत बर्णन गर्ने गरिन्छ । यहाँका ढुगां माटोमा देवताको बास रहेको जनविश्वास रहेको पाइन्छ ।
भिडियो …
बैतडीमा जिप र मोटरसाइकल आपसमा जुध्दा कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत चन्द गम्भीर घाइते
दार्चुला । बैतडीको पाटन नगरपालिका ६ स्थित हिरापुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाएको छ ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल भीरमा खसेको छ । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते भएको बताईएको छ
उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार …
बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने चालक खोचलेकबाट नियन्त्रणमा
दार्चुला । बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति १ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन ८ हरिचनका ४० बर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत रहेका थिए ।
बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको हो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो …
चाडपर्व लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने
दार्चुला। नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको बताएको छ ।
राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने बताईएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख …
सुदूरपश्चिममा दुई गौराः ७ गते मनाउनेले भिजाए बिरोडा, २१ गतेका लागि १८ गते भिजाइने
दार्चुला । सुदूरपश्चिम प्रदेशका देव–देवालयहरू (मन्दिर) मा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ र २१ गते मनाइने भएको छ । भदौ ७ गते गौरा पर्व मनाउनेले पञ्चमीको अवसरमा सोमबार बिरुडा भिजाएका छन् । बिरुडा भिजाएसंगै सुदूरपश्चिममा गौरा पर्वको विधिवत सुरुवात भएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त नेपालका पचाञ्ङ्गहरुमा (सुदूरपश्चिमका अठोला पञ्चाङ्ग, शुभ पञ्चाङ्ग लगायत) ले २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको बताएका छन भने सुदूरपश्चिमका धेरैजसो स्थानीय ज्योतिषहरुले भदौ २१ गते गौरा मनाउनु उत्तम …
दार्चुलाका प्रधानाध्यापक छ दिनदेखि बेपत्ता
दार्चुला । दार्चुलाको एक विद्यालयका प्रधानाद्यापक छ दिनदेखि वेपत्ता भएका छन् । लेकम गाउँपालिका–२ स्थित श्री सरस्वती आवि बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट छ दिनदेखि बेपत्ता भएको आफन्त अम्बादत्त भट्टले जानकारी दिनुभयो ।
५६ वर्षीय भट्ट साउन ३१ गते मंगलवार दिउँसो आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएको उहाँले बताउनुभयो । बेपत्ता शिक्षक भट्टको स्थानीयहरू र प्रहरीले खोजि गरिरहेका छन् । भिरमा लडेको हुनसक्ने आशंकामा नजिकका सबै गाउँका खोला, भिरपाखाहरुमा हेरेपनि नभेटिएको बताइएको छ ।
प्रहरी चौकी रातामाटाबाट निरन्तर सुरक्षाकर्मीहरु खोजि कार्यमा खटिएका छन् । ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज तिलक कलौनीको …
नौगाडमा लटरम्म फलेको स्याउमा बदेलको आतंक
दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–१ का विभिन्न बस्तीमा लटरम्म फलेको स्याउमा जंगली बदेलले नोक्सानी गरिरहेको छ । नौगाड गाउँपालिका–१ मानाकोट र जात्रामा उत्पादन हुँदै गरेको स्याउ जंगली बदेलले सखाप पारेको व्यावसायिक कृषक धनसिह डडालले बताउनुभयो ।
दार्चुलाको नौगाड गाउँपालिका–१ मा रेड डेलिसियस, गाला, फुजी लगायत विभिन्न जातका स्याउ उत्पादन भइरहेका छन् । कृषकहरुले व्यक्तिगत र सामुहिकरुपमा व्यावसायीक स्याउ उत्पादन गरिरहेका छन् । बिरुवा लगाएको तीन वर्षमै स्याउ उत्पादन सुरु भएपछि कृषकहरु स्याउखेतीतर्फ उत्साहित भएको बेला बदेलले आतंक गरिरहेको अर्का कृषक उजलसिंह डडालले बताउनुभयो । भदौ दोश्रो हप्ता देखि स्याउ टिप्न सुरु …