मालिकार्जुनमा प्रथम आध्यात्मिक सम्मेलन तथा योग प्रशिक्षण शिविर सुरु (फोटोफिचर)
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा प्रथम मालिकार्जुन आध्यात्मिक सम्मेलन तथा आवाशिय योग प्रशिक्षण शिविर सुरु भएको छ । मालिकार्जुन गाउँपालिकाको प्रयास, धार्मिक पर्यटन क्षेत्रको विकास भन्ने नाराका साथ मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री शैल्य मालिकार्जुन धाम मडमा प्रथम आध्यात्मिक सम्मेलन तथा आवासीय योग प्रशिक्षण शिविरको उद्वघाटन गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आयोजना, पतन्जली योग समिति दार्चुलाको सहजिकरणमा पुर्जी साधवी डाक्टर देवविजयले जेठ १२ गते सम्म साताव्यापी योग अभ्यास गराउने मालिकार्जुन गाउँपालिकाका बरिष्ठ बैद्य दिवाकर जोशीले बताउनुभयो । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षता …
बलात्कार मुद्दाको अभियोग लागेका क्रिकेटर लामिछानेले पाए उच्च अदालत, पाटनबाट सफाइ
दार्चुला । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको उच्च अदालत, पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाडौंले २०८० पुस, १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
cp online khaber
यार्सा संकलन गर्न अभिभावकसंगै विद्यार्थी लेकतिर लागेपछि अपिहिमालका विद्यालय बन्द
दार्चुला । दार्चुलाको हिमाली पाटनहरुमा यार्सागुम्बा संकलन कार्य सुरु भएको छ । अपिहिमाल गाउँपालिकाका धेरैजसो विद्यालयका अभिभावकसंगै विद्यार्थी यार्सागुम्बा खोज्न लेकतिर लागेपछि पठनपाठन बन्द भएको छ । विद्यालय सञ्चालन गरे पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान हुने गरी विद्यालय बन्द गरिएको अपिहिमाल गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक मदनराज जोशीले बताउनुभयो ।
विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने गरेको भए पनि यो वर्षदेखि यार्सागुम्बा संकलनका बेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएको छ । यार्सागुम्बा पाइने समयमा मात्रै विद्यालय बन्द गर्ने गरी विद्यालयहरुले आफुअनुकुल निर्णय …
दार्चुलामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियो हेर्नुहोस)
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरिछानामा शिवलिंग आकृति अर्थात ज्वोर्तिलिंग (शिवलिंग) र प्राकृतिक कलाकृतिहरु देखापरेका छन् । ऐरिछानाको सडक छेउमा शिवलिंग अर्थात यस्ता आकृतिहरु देखा परेका हुन् ।
हिन्दू धर्ममा पुराणहरूका अनुसार शिवजी जहां–जहां स्वयं प्रकट भए उक्त बाह्र स्थानमा अवस्थित शिवलिंगलाई ज्योतिर्लिङ्गको रूपमा पूजा गरिन्छ । दार्चुलामै जोर्तिलिंग अर्थात मल्लिकार्जुन देवताको बासस्थान रहेको छ । तर शिवलिंग जस्तै आकृतिहरु विभिन्न अर्थ धार्मीक स्थलहरुमा समेत भेटिने गरेका छन् ।
दार्चुलाको लेकम क्षेत्रलाई देवभूमिको रुपमा समेत बर्णन गर्ने गरिन्छ । यहाँका ढुगां माटोमा देवताको बास रहेको जनविश्वास रहेको पाइन्छ ।
भिडियो …
बैतडीमा जिप र मोटरसाइकल आपसमा जुध्दा कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत चन्द गम्भीर घाइते
दार्चुला । बैतडीको पाटन नगरपालिका ६ स्थित हिरापुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाएको छ ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल भीरमा खसेको छ । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते भएको बताईएको छ
उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार …
बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने चालक खोचलेकबाट नियन्त्रणमा
दार्चुला । बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति १ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन ८ हरिचनका ४० बर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत रहेका थिए ।
बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको हो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो …
चाडपर्व लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने
दार्चुला। नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको बताएको छ ।
राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने बताईएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख …
झुलाघाट पुलबाट आज आबतजाबत बन्द जीर्ण पुल मर्मत गरिँदै
दार्चुला ।नेपाल –भारत सीमा नाका झुलाघाटस्थित झोलुंगे पुल मर्मत सम्भार कार्य भइरहेको छ । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमा नाकामा आवागमन बन्द गरीएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि पुलमा आवागमन बन्द गरिएको हो । यसअघि पुल मर्मतका बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सीमाक्षेत्रमा नेपाल –भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने बिषयमा समेत छलफल भएको बताईएको छ ।
झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । …
गयरातिको बर्षाले धनगढी बजार क्षेत्र डुबानमा, अस्पतालको वार्ड पनि जलमग्न
दार्चुला । हिजो रातिको अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको बताईएको छ ।
गय रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएको प्रहरीले बताएको छ ।
पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला …
भासु भीरमा मोटरसाइकल दुर्घटनामा परेका चालक भिमबहादुरको मृत्यु
दार्चुला । कैलालीको चुरे गाउँपालिका–५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
धनगढीबाट बुडरतर्फ गईरहेको गरेको से। ६ प। ८७२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भिरमा खसेर शुक्रवार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक डोटीको जोरायल गाउँपालिका वडा नम्बर–१ बस्ने १९ वर्षीय भिमबहादुर बि।कको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका भिमको उपचारका लागि पदमा अस्पताल अत्तरीयामा लगिएको र उपचार हुन नसकेपछि थप उपचारको लागी निसर्ग अस्पताल धनगढीमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल …