बैतडीमा जिप र मोटरसाइकल आपसमा जुध्दा कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत चन्द गम्भीर घाइते

दार्चुला । बैतडीको पाटन नगरपालिका ६ स्थित हिरापुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाएको छ ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल भीरमा खसेको छ । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते भएको बताईएको छ
 
उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार …

बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने चालक खोचलेकबाट नियन्त्रणमा

दार्चुला । बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति १ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन ८ हरिचनका ४० बर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत रहेका थिए ।
 
बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको हो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो …

झुलाघाट पुलबाट आज आबतजाबत बन्द जीर्ण पुल मर्मत गरिँदै

दार्चुला ।नेपाल –भारत सीमा नाका झुलाघाटस्थित झोलुंगे पुल मर्मत सम्भार कार्य भइरहेको छ । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमा नाकामा आवागमन बन्द गरीएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि पुलमा आवागमन बन्द गरिएको हो । यसअघि पुल मर्मतका बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सीमाक्षेत्रमा नेपाल –भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने बिषयमा समेत छलफल भएको बताईएको छ ।
झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । …

दोगडाकेदारमा एक किशोरी मृत फेला

दार्चुला । बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी बताइएको छ । सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट मृत्युको कारणबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।
 

You Missed

मालिकार्जुनमा प्रथम आध्यात्मिक सम्मेलन तथा योग प्रशिक्षण शिविर सुरु (फोटोफिचर)
बलात्कार मुद्दाको अभियोग लागेका क्रिकेटर लामिछानेले पाए उच्च अदालत, पाटनबाट सफाइ
यार्सा संकलन गर्न अभिभावकसंगै विद्यार्थी लेकतिर लागेपछि अपिहिमालका विद्यालय बन्द
दार्चुलामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियो हेर्नुहोस)
बैतडीमा जिप र मोटरसाइकल आपसमा जुध्दा कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत चन्द गम्भीर घाइते
पर्वतमा खोलाले जीप बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला
आन्दोलनरत डाक्टर र सरकारबिच सहमति,नियमित सेवा सञ्चालन

Primary Color

Secondary Color

Layout Mode