दार्चुला । बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी बताइएको छ । सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट मृत्युको कारणबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।