चाडपर्व लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

दार्चुला। नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको बताएको छ ।
राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने बताईएको छ ।
 
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख …

उच्चस्तरीय छानबिन आयोग नबनाएर सरकार सम्झौताबाट पछि हटेको एमालेका आरोप

दार्चुला । सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न असोज ५ गते बन्ने भनिएको उच्चस्तरीय छानबिन आयोग पूर्वसहमतिअनुसार बन्न नसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार सम्झौताबाट पछि हटेको आरोप लगाएको छ ।
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न हिजो सिंहदरबारमा बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।
प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र हिजैबाट काम गर्ने भन्ने सहमति भएपनि सरकारले उदासिनता देखाएको बताउनुभयो । उहाँले नेकपा एमालेले सुन तस्करको जरासम्म पुग्न चाहेको र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको बताउनुभयो । …

भासु भीरमा मोटरसाइकल दुर्घटना दुई जना घाईते

दार्चुला । कैलालीको भासु भीर क्षेत्रमा मोटरसाइकल दुर्घटना भएको छ। हिजो जिल्लाको चुरे गाउँपालिका–५ स्थित भासुक्षेत्रमा मोटरसाईकल दुर्घटना परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
धनगढीबाट बुडरतर्फ गईरहेको से प ८७२१ नंम्बरको मोटरसाईकल अनियन्त्रित भएर भासु क्षेत्रमा खसेको थियो। दुर्घटनामा परि चालक डोटीको जोरायल गाउँपालिका–१ बस्ने १९ वर्षीय भीबहादुर बिक सुनार र पछाडी सवार सोही ठाउँका ४५ वर्षीय ओमबहादुर बिक घाइते भएका छन्।
अहिले उनिहरुको पदमा अस्पतालमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर रहेको बताइएको छ। मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ …

दोगडाकेदारमा एक किशोरी मृत फेला

दार्चुला । बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी बताइएको छ । सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट मृत्युको कारणबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।
 

खलंगाबाट सञ्चालनमा आयो सीमा प्रशासन कार्यालय, छाङरुबाट बैशाखपछि सेवा दिइने

दार्चुला । व्यास गाउँपालिका–१ छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा दार्चुला सदरमुकाम खलंगास्थित तिङ्करखेडाबाट सुरु गरिएको छ । व्यास क्षेत्रका जनतालाई सेवा दिने उद्धेश्यले २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा विगत छ बर्षदेखि कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सेवा प्रवाह भइरहेको थियो । व्याँसी सौँका समुदायले कुञ्चा सरेपछि बैशाखदेखि छाङरुस्थित कार्यालयबाट समेत सेवा दिने गरेर अहिले खलंगाबाटै सीमा प्रशासन कार्यालयको काम भइरहेको कार्यालय प्रमुख एबं शाखा अधिकृत मोहनसिंह धामीले जानकारी दिनुभयो ।
खलंगास्थित कार्यालयमा छ जना कर्मचारी कार्यरत छन् । एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, एक जना खरिदार, …

मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

दार्चुला । वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।
आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।

सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ ।
सो …

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपाललाई

दार्चुला । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले …

श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

दार्चुला । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएका बीबीसीले जनाएको छ ।
मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् ।

श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । विदेशी मुद्राको अभावले इन्धन आयातको भुक्तानी गर्न नसक्दा यसको असर परेको छ । कम्तीमा १२ घण्टा लोडसेडिङसँगै …

राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

दार्चुला। सरकारले एसिडसम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तत्काल उम्मेदवार घोषणा नगर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

दार्चुला । कांग्रेसले स्थानीय तहको उम्मेदवार तत्काल घोषणा नगर्न सबै जिल्ला समितिलाई निर्देशन दिएको छ ।
केन्द्रले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसका काम रोक्न निदेर्शन दिएको हो ।

पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेको कांग्रेसले कार्यतालिका नै पठाएर यसअघि स्थानीय तहमा उम्मेदवार सिफारिस गर्न आग्रह गरेकोे थियो ।
चैत मसान्तभित्र उम्मेदवार माथिल्लो तहमा सिफारिस गर्न निर्देश गरेको कांग्रेसले आज गठबन्धनलाई मध्यनजर गरेर उम्मेदवार सिफारिसको काम स्थगित गर्न निर्देशन दिएको हो ।
कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न पत्राचार गरिएको जानकारी दिनुभयो ।
विभिन्न जिल्लामा कांग्रेसको बैठक बसेर …

You Missed

मालिकार्जुनमा प्रथम आध्यात्मिक सम्मेलन तथा योग प्रशिक्षण शिविर सुरु (फोटोफिचर)
बलात्कार मुद्दाको अभियोग लागेका क्रिकेटर लामिछानेले पाए उच्च अदालत, पाटनबाट सफाइ
यार्सा संकलन गर्न अभिभावकसंगै विद्यार्थी लेकतिर लागेपछि अपिहिमालका विद्यालय बन्द
दार्चुलामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियो हेर्नुहोस)
बैतडीमा जिप र मोटरसाइकल आपसमा जुध्दा कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत चन्द गम्भीर घाइते
पर्वतमा खोलाले जीप बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला
आन्दोलनरत डाक्टर र सरकारबिच सहमति,नियमित सेवा सञ्चालन

Primary Color

Secondary Color

Layout Mode