
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरिछानामा शिवलिंग आकृति अर्थात ज्वोर्तिलिंग (शिवलिंग) र प्राकृतिक कलाकृतिहरु देखापरेका छन् । ऐरिछानाको सडक छेउमा शिवलिंग अर्थात यस्ता आकृतिहरु देखा परेका हुन् ।
हिन्दू धर्ममा पुराणहरूका अनुसार शिवजी जहां–जहां स्वयं प्रकट भए उक्त बाह्र स्थानमा अवस्थित शिवलिंगलाई ज्योतिर्लिङ्गको रूपमा पूजा गरिन्छ । दार्चुलामै जोर्तिलिंग अर्थात मल्लिकार्जुन देवताको बासस्थान रहेको छ । तर शिवलिंग जस्तै आकृतिहरु विभिन्न अर्थ धार्मीक स्थलहरुमा समेत भेटिने गरेका छन् ।
दार्चुलाको लेकम क्षेत्रलाई देवभूमिको रुपमा समेत बर्णन गर्ने गरिन्छ । यहाँका ढुगां माटोमा देवताको बास रहेको जनविश्वास रहेको पाइन्छ ।