
दार्चुला । बैतडीको पाटन नगरपालिका ६ स्थित हिरापुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाएको छ ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल भीरमा खसेको छ । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते भएको बताईएको छ
उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार भइरहेको र थप उपचारको लागी रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।