दार्चुला । कैलालीको भासु भीर क्षेत्रमा मोटरसाइकल दुर्घटना भएको छ। हिजो जिल्लाको चुरे गाउँपालिका–५ स्थित भासुक्षेत्रमा मोटरसाईकल दुर्घटना परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

धनगढीबाट बुडरतर्फ गईरहेको से प ८७२१ नंम्बरको मोटरसाईकल अनियन्त्रित भएर भासु क्षेत्रमा खसेको थियो। दुर्घटनामा परि चालक डोटीको जोरायल गाउँपालिका–१ बस्ने १९ वर्षीय भीबहादुर बिक सुनार र पछाडी सवार सोही ठाउँका ४५ वर्षीय ओमबहादुर बिक घाइते भएका छन्।

अहिले उनिहरुको पदमा अस्पतालमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर रहेको बताइएको छ। मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।