खलंगाबाट सञ्चालनमा आयो सीमा प्रशासन कार्यालय, छाङरुबाट बैशाखपछि सेवा दिइने
दार्चुला । व्यास गाउँपालिका–१ छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा दार्चुला सदरमुकाम खलंगास्थित तिङ्करखेडाबाट सुरु गरिएको छ । व्यास क्षेत्रका जनतालाई सेवा दिने उद्धेश्यले २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा विगत छ बर्षदेखि कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सेवा प्रवाह भइरहेको थियो । व्याँसी सौँका समुदायले कुञ्चा सरेपछि बैशाखदेखि छाङरुस्थित कार्यालयबाट समेत सेवा दिने गरेर अहिले खलंगाबाटै सीमा प्रशासन कार्यालयको काम भइरहेको कार्यालय प्रमुख एबं शाखा अधिकृत मोहनसिंह धामीले जानकारी दिनुभयो ।
खलंगास्थित कार्यालयमा छ जना कर्मचारी कार्यरत छन् । एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, एक जना खरिदार, …
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
दार्चुला । वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।
आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।
सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ ।
सो …
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपाललाई
दार्चुला । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले …
श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
दार्चुला । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएका बीबीसीले जनाएको छ ।
मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् ।
श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । विदेशी मुद्राको अभावले इन्धन आयातको भुक्तानी गर्न नसक्दा यसको असर परेको छ । कम्तीमा १२ घण्टा लोडसेडिङसँगै …
राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी
दार्चुला। सरकारले एसिडसम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तत्काल उम्मेदवार घोषणा नगर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन
दार्चुला । कांग्रेसले स्थानीय तहको उम्मेदवार तत्काल घोषणा नगर्न सबै जिल्ला समितिलाई निर्देशन दिएको छ ।
केन्द्रले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसका काम रोक्न निदेर्शन दिएको हो ।
पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेको कांग्रेसले कार्यतालिका नै पठाएर यसअघि स्थानीय तहमा उम्मेदवार सिफारिस गर्न आग्रह गरेकोे थियो ।
चैत मसान्तभित्र उम्मेदवार माथिल्लो तहमा सिफारिस गर्न निर्देश गरेको कांग्रेसले आज गठबन्धनलाई मध्यनजर गरेर उम्मेदवार सिफारिसको काम स्थगित गर्न निर्देशन दिएको हो ।
कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न पत्राचार गरिएको जानकारी दिनुभयो ।
विभिन्न जिल्लामा कांग्रेसको बैठक बसेर …
अर्थतन्त्रको संकट : बेलैमा आयात नियन्त्रण नगर्दाको परिणाम
२१ चैत, काठमाडौं । पछिल्लो केही महिनायता नेपालको अर्थतन्त्रमा गम्भीर समस्या देखिएको भन्दै यस क्षेत्रका जानकारहरुले सरकारलाई खबरदारी गरिरहेका छन् ।
बैंकहरुसँग लगानीयोग्य रकम छैन, आयात अत्यधिक बढेको छ । विदेशी मुद्रा भित्र्याउने दुई प्रमुख माध्यम रेमिट्यान्स र पर्यटनको आय नबढ्दा चालु खाता घाटा बढेको बढ्यै छ । जसले गर्दा विदेशी मुद्राको सञ्चिती घटेर करिब सात महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने मात्र स्थिति छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले अर्थतन्त्रमा देखिएको समस्याको विषय उठाउँदै सरकारमाथि दोष लगाइरहेका छन् । अर्थमन्त्री जनार्दन शर्मा विगतका सरकारले लिएको अदूरदर्शी नीति र …
चोभार बन्दरगाह : व्यापारमा कोसेढुंगा, तर फास्ट ट्रयाक जोडिनुपर्छ
२२ चैत, काठमाडौं । निर्माण सम्पन्न भएको ९ महिनापछि काठमाडौं चोभार सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आएको छ । वीरगञ्ज नाकाबाट स्थलमार्ग हुँदै राजधानी काठमाडौं आएका चार वटा कन्टेनरलाई भित्र्याएर प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाह सञ्चालनको औपचारिक सुरुवात गरे ।
बन्दरगाह सञ्चालनको जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिकाअनुसार बुधबारदेखि बन्दरगाह नियमित रुपमा सञ्चालनमा आउनेछ । २०७५ सालमा निर्माण सुरु भएको बन्दगाह गत असारमा निर्माण सम्पन्न भएको थियो । वैदेशिक व्यापारको सबै काम एकद्वारबाट गरिने व्यापार पूर्वाधार सञ्चालनपछि काठमाडौं अन्तर्राष्ट्रिय व्यापारको हब बन्ने प्रधानमन्त्रीको दाबी छ । अर्थमन्त्री जर्नादन शर्माले पनि बन्दरगाह सञ्चालनपछि …