
दार्चुला । कैलालीको चुरे गाउँपालिका–५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
धनगढीबाट बुडरतर्फ गईरहेको गरेको से। ६ प। ८७२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भिरमा खसेर शुक्रवार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक डोटीको जोरायल गाउँपालिका वडा नम्बर–१ बस्ने १९ वर्षीय भिमबहादुर बि।कको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका भिमको उपचारका लागि पदमा अस्पताल अत्तरीयामा लगिएको र उपचार हुन नसकेपछि थप उपचारको लागी निसर्ग अस्पताल धनगढीमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।